राजनीति


एमालेले हीरक महोत्सव मनाउँदै ,पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा २००६ वैशाख १० गते ९१९४९ अप्रिल २२० का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा...

गण्डकी सरकारको वैधानिकताबारे आजदेखि सर्वोच्चमा बहस

पोखरा । गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि...

रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न...

कतारका अमिर मंगलबार नेपाल भ्रमणमा आउदैँ

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा...

एमाले प्रतिनिधि परिषद् बैठक  :  प्रतिनिधिहरूको सुझाव लिन लोकतान्त्रिक भित्तो

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज दोस्रो दिन पनि जारी छ । शनिबार सुरु भएको परिषद् बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज सहभागीहरुले सुझाव राखिरहेका छन् । सहभागीहरुको सुझाव संकलन गर्न बैठकस्थलमा...

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी हुन् । घिमिरेले...

एमाले प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओली बैठकमा गएनन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा चलिरहेको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली...

वामपन्थीबिच एकताको सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच अहिले एकताको सम्भावना नभएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम...

सबै कमिटीको सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने नेकपा एसको तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ । राजनीतिक, विधान, समाजवादी कार्यक्रमसम्बन्धी र साङ्गठनिक...