समाचार


तनहुँको तालघरेमा जिप दुर्घटनाः चालकको मृत्यु

तनहुँ । तनहुँमा जिप दुर्घटना हुदाँ चालकको ज्यान गएको छ। व्यास नगरपालिका–१ तालघरेमा आज बिहान भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको...

गण्डकीका एसपी अरुण पौडेलसहित ३४ एसपीको सरुवा, को कहाँ गए (सूचीसहित)

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी अरुण पौडेलसहित नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता...

काठमाडौंका तीन सीडीओको बैठक बस्दैँ : लकडाउन होला ?

काठमाडौं । कोरोना संक्रमण दुई दिन देखि ह्वात्तै बढेपछि काठमाडौंका तीन सीडीओले सर्वदलीय बैठक बोलाएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले अबको रणनीतिबारे छलफल गर्ने बताएका छन् । नेपालमा अस्ति शुक्रबार ओमिक्रोनका संक्रमित पनि एकै...

मौसम सुधार भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने बताएका छन् । शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको...

हिउँ खेल्न गएका २२ जनाको कठ्यांग्रिएर मृत्यु

एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा हिउँ खेल्न गएका २२ जनाको कठ्यांग्रिएर मृत्यु भएको छ। भारी हिमपात हुँदा हिउँ हेर्नका लागि निस्किएका सवारीसाधनभित्र फसेका उनीहरुको चिसोको कारण ज्यान गएको बताइएको छ । ज्यान जानेमा १० पुरुष, १० बालबालिका र २ महिला...

साताको पहिलो दिन आज कुन देशको मुद्राको दर कति? सूचीसहित

पोखरा । आज साताको पहिलो दिन नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकेको छ। युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ ।यस्तै आज युके पाउन्ड...

मौसम खुले नि यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।केही दिन देखि धुम्मिएको पोखरा सहित देशभरका आकाश आज यो समाचार तयार पार्दासम्म भने खुलेका छन् । तर महाशाखाले देशका केही प्रदेशमा आज पनि मौसम बदली हुने...

कोरोना उकालो लाग्ने संकेतः थप ९४४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो...

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित

काठमाडौं । लामो समयदेखि खाली रहेका मुलुकमा राजदूत नियुक्त गर्न दबाब बढेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रको महाधिवेशनको कारण राजदूत नियुक्ती प्रक्रिया थन्किएको भन्दै प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनमा दबाब बढेको छ । महाधिवेशनको कारण राजदूत नियुक्तीका...