समाचार


काली गण्डकीमा सुरु भयो नेशनल र्‍याफटिङ च्याम्पियनसिप

पोखरा । गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने...

विद्यार्थी कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदेश प्रहरीलाई अनेरास्ववियु गण्डकीको ध्यानाकर्षण

पोखरा । लमजुङ कृषि क्याम्पसको होस्टेलमा भएको कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश समितिले प्रदेश प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । होस्टेलमा पढिरहेका विद्यार्थीहरुलाई...

अझै सञ्चालनमा आउन सकेन त्रिविको वेबसाइट, ह्याकिङ घटनामा छानबिन हुँदै

पाेखरा । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट (www.tuexam.edu.np) अझै सञ्चालनमा आउन सकेको छैन । केही दिन अघि कार्यालयको वेबसाइट ह्याक भएको थियो । ह्याकलाई पूर्णरुपमा रिकभर हुने कार्य भैरहेको कार्यालयले जनाएको छ । हाल उक्त वेबसाइटमा...

अक्करे भिरको सडकमा ढलान, जोखिमपूर्ण यात्रा हटेपछि स्थानीयमा खुसीयाली

बेनी । धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्र्याक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका...

ललितपुरको इमाडोलमा आमा र दुई नाबालक मृत भेटिए

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा बस्ने आमा र उनका दुईजना बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जन घरको तिन तलाबाट हाम्फालेपछि प्रहरीले उद्धार गरेको थियो । तर, उपचारको क्रममा उनको किष्ट अस्पतालमा ज्यान गएको...

कस्मेटिक व्यवसायी संघ कास्कीको दशौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले व्यवसायीको अवस्था धरासायी भएकाले  कर नबढाउन आग्रह गरेको...

आज सोनाम ल्होसार, तामाङ समुदायले हर्षोल्लासपूर्वक मनाउँदै

पोखरा । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार...

वेगनासमा मोटरबोट नचलाउन उच्च अदालतको अन्तरिम आदेश

पोखरा । वेगनास तालमा मोटरबोट नचलाउन अदालत पोखराले अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । उच्च अदालत पोखराले वेगनास ताल डुंगा व्यवसायी समितिद्वारा सञ्चालित मोटरबोट...

ओडिआई सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, एक विकेट गुमाएर ५३ रन बनायो

काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनाएको छ । पहिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट भएका हुन् । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । नेपालका...