समाचार


बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु

काठमाडौं । बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका–३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ...

चुनाव सारे एमालेले सहदैँनः नेता खरेल

झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले चुनावको सारे एमालेले नसहने जिकिर गरेका छन् । संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । आज झापाको बिर्तामोडमा आयोजित पत्रकार...

राष्ट्रियसभा निर्वाचनः राप्रपाले प्रदेश १ मा मात्रै मतदान गर्ने, अन्य प्रदेशमा यसकारण नगर्ने !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ को मतदान प्रक्रियामा मात्रै सहभागी हुने भएको छ । अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । प्रदेश १ मा मात्रै आफ्ना उम्मेद्धवार रहेकाले सो प्रदेशमा...

जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक वाहेकका सेवा बन्द

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको र थप कर्मचारीमा लक्षण दखिएकाले सेवा प्रभावित हुन पुगेको जनाएको छ । कोरोना संक्रमणका कारण कर्मचारी...

मन्त्री रेणु यादवको पक्षमा उत्रियो जसपा निकट महिला संघ

काठमाडौं । सर्वत्र आलोचना र विवाद खेपिरहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पक्षमा जसपा निकट समाजवादी महिला संघले प्रदर्शन गरेको छ। माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले मन्त्री यादवमाथि गरेको दुर्व्यवहारको...

चुनाव तत्काल गर्नुपर्छ नत्र पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् । उनले वैशाखमा चुनाव नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले...

देशभर १० हजार ३१९ जनामा संक्रमण , ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार...

गण्डकी अपडेटः सक्रिय संक्रमित ५ हजार नाघे, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९४९ संक्रमित थपिएका छन् । १ हजार ६३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

आजबाट स्याङ्जा जिल्ला प्रशासनको सेवा अनिश्चित समयका लागि बन्द

स्याङ्जा । जिल्लाको शान्ति सुरक्षा देखी कोभिड न्युनिकरण गर्न आदेश जारी गर्ने जिल्ला प्रशासन नै बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा सोमवारबाट सेवाप्रवाह बन्द गरिएको छ । जिल्लावासी नागरिकलाई रोक संक्रामक आदेश...