समाचार


रुपन्देहीमा श्रीमती तन्नाले बेरिएको र श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिए

रुपन्देही । रुपन्देहीमा एक दम्पती आज बिहान मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका(५ पाल्पाली टोलमा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी ३२ वर्षीया श्रीमती हेमकला आज (सोमबार) बिहान मृत भेटिएको देवदह प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीको...

आज युरो र पाउण्डको भाउ बढ्यो , डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (सोमबार)अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा रहेको छ । आज युरोको भाउ भने बढेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१...

तान्जानियामा विमान दुर्घटना, १९ जनाको ज्यान गुम्यो

एजेन्सी । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गुमेको छ। दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो। बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन् । स्थानीय र माझीहरूले डुंगाबाट...

मौसम पूर्वानुमान, यी स्थानमा हल्का वर्षाको सम्भवाना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी...

सुमो दुर्घटना : २ दिने शिशुको घटनास्थलमै ज्यान गयो

धनुषा । धनुषामा सुमो दुर्घटना हुँदा दुई दिने शिशुको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा दुईदिने शिशुको मृत्यु र ७ जना घाइते भएका हुन् । जिल्ला...

तान्जानियामा विमान दुर्घटना : विमानमा ३९ यात्रु थिए

काठमाडौं । अफ्रिकी राष्ट्र तान्जानियामा यात्रुवाहक विमान दुर्घटना भएको छ । दार-एस-सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान स्थानीय समयअनुसार आइतबार बिहान भिक्टोरिया लेकमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । दुर्घटनाग्रस्त...

तनहुँको पीजनहिलमा जीपलाइन : आन्तरिक पर्यटकको भीड लाग्दै

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका...

बाल्टीमा राखेको पानीमा डुब्दा ४ वर्षीय बालकको ज्यान गुम्यो

काठमाडौं । बाल्टीमा राखेको पानीमा डुब्दा ४ वर्षीय बालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसमा बस्दैं आएका बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरीको ज्यान गएको हो । उनको शनिबार(हिजो)...

८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छापिएको जनाएको हो । आयोगका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कूल १ करोड ९८ लाख ७१ हजार थान प्रदेश...