समाचार


काठमाडौंको सुकुम्वासी वस्तीमा झडप , नगर प्रहरी प्रमुख घाइते

काठमाडौं । महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीका घर टहरा हटाउने क्रममा झडप भएको छ । महानगरका अधिकारीहरू डोजरसहित बस्तीमा पुगेपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यस क्रममा झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित घाइते...

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सदस्य सचिव गुरुङको विदाई

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई विदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिव १८ महिना नेतृत्व सम्हाल्दै...

काठमाडौंको सुकुम्बासीबस्तीमा महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा महानगरको डोजर पुगेपछि स्थिति तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै...

समानुपातिकतर्फ ८५ प्रतिशत मतगणना सम्पन्न

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ८५ प्रतिशत मतगणना सम्पन्न भएको छ । अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ...

मतदानको दिन झडपमा ज्यान गुमाएका एमाले निकट विद्यार्थीको ९ दिनपछि अन्त्येष्टि

काठमाडौं । चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा ज्यान गुमाएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गरिएको छ। घटनाको ९ दिनपछि आज सोमबार अन्त्येष्टि गरिएको हो । अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय...

दोलखाका १० केन्द्रमा मंसिर १५ मा पुनः निर्वाचन

काठमाडौं । दोलखाका विवादित केन्द्रहरुमा पुन निर्वाचन हुने भएको छ । रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्ण गरेको छ । समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको...

विश्वकपमा आज ४ खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार)चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच...

उकालो लाग्यो युरो , डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। पछिल्लो समय युरोको भाउ उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज युरो एकको खरिददर १३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३६ रुपैयाँ २० पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ...

आज विवाह पञ्चमी, धुमधामका साथ मनाइँदै

काठमाडौं । आज (सोमबार) विवाह पञ्चमी, त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकपुत्री जानकीबीच विवाह भएको दिन हो । मिथिलाञ्चलसहित देशैभर यो पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सीताराम स्वयम्बरको दिनलाई विवाह पञ्चमी पर्वको...