समाचार


टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन...

पोखराको विमान दुर्घटनास्थलमा बौद्ध पूजा

कास्की । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित...

बुद्धले २५ वर्ष पुरानो दुई वटा जहाज बेच्यो, एटिआर थप्दै

काठमाडौं । बुद्ध एयरले पहिलो व्यवासायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। बुद्धले बिचक्राफ्टुबी १९०० डी जहाजबाट उडान सुरू गरेको थियो।उडान सुरू गरेको २५ वर्षपछि कम्पनीले जहाज बिक्री गरेको हो। जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले बिक्री गरेको...

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्छौ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राति आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई...

एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा गृहको सर्कुलर

काठमाडौँ । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता ९डीआईजी०...

२ नेपाली युवाको अपहरणपछि भारतमा हत्या

जनकपुरधाम । भारतमा दुई नेपाली युवाको अपहरणपश्चात हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो । साहद्वयको शव भारत विहार राज्यको सिमातढी जिल्लामा पर्ने बेला परिहारमा...

हर्क साम्पाङले पनि चलाए डोजर, स्थानीय र प्रहरीबीच झडप

धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा...

जडीबुटी मिसाएको खाजा खाँदा एकको ज्यान गयो

काठमाडौं । जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ, भने तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले...

पर्वहरुले सामाजिक सद्भावना बढाउँदै आएका छन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य,...