समाचार


भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा...

गोंगबु घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति र लुटपाटबारे जाँचबुझ गर्न समिति गठन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँको नेतृत्वमा...

इन्टरनेटको तार तत्काल नकाट्न आदेश

काठमाडौं । उच्च अदालतले इन्टरनेटको तार नकाट्न आदेश दिएको छ । अदालतले विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा तत्काल इन्टरनेटको तार काट्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) गायतले ऊर्जा जलस्रोत तथा...

राष्ट्रपतिको विषयमा मन्त्री किराँतीको जवाफ : ‘म कागको पछि दौडन्न’

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदन किराँतीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएकाले छनोटमा ध्यान दिनुपर्ने बताएका छन् । त्यसका लागि साझा व्यक्तित्व आवश्यक हुने भन्दै उनले माओवादी केन्द्र त्यस्तै साझा व्यक्तिको खोजीमा रहेको धारणा...

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बताएको छ । भण्डारीलाई...

अपडेट : कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौँ । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर...

आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ...

यती एयर दुर्घटना : दुर्घटनाको १४ सेकेन्डअघि मात्र क्याप्टेन केसीले नेतृत्व लिएको निष्कर्ष

काठमाडौँ । गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्स दुर्घटना हुन करिब १४ सेकेन्ड अघि मात्र प्रशिक्षक क्याप्टेनले जहाजको नेतृत्व लिएको प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले जहाज दुर्घटना हुन १४ सेकेण्ड बाँकी...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज...