समाचार


क्रिकेट टीमका प्रतिखेलाडीलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् । विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने उनले फेसबुकबाट घोषणा...

नयाँ उपराष्ट्रपतिका लागि मतदान सुरू

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो । मतदान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी...

साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा...

चिप्लेढुङ्गामा बसको ठक्करबाट २४ वर्षीय दिक्षाको घटनास्थलमै ज्यान गयो

पोखरा । पोखराको चिप्लेढुङ्गामा आज बिहान नगरबसको ठक्करबाट एक युवतीको घटनास्थलमै ज्यान गएको छ । नगरबसले ठक्कर दिदाँ स्कुटर चालक २४ वर्षीय दिक्षा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । झापा जिल्ला दमक ४ स्थायी घर भएकी दिक्षा...

बेलायतद्धारा नेपाललाई १४ अर्ब ४० करोड सहायता

काठमाडौ । बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४० करोड रूपैयाँ (९ करोड पाउण्ड) सहयोग गर्ने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो । सोलगतै बिहिबार अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच...

भोलिदेखि बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

म्याग्दी । भोलि शुक्रबारदेखि बेनी–जोमसोम सडक दैनिक ६ घण्टा हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले...

भारतबाट पेट्रोलको भाउ घटेर आयो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यअनुसार घटेर आएको हो । नेपाल आयाल निगमका प्रवक्त विनितमणि उपाध्यायले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १.७४ रुपैयाँ...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए...

अर्धशतक लगत्तै आउट भए कुशल भुर्तेल

काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएलगत्तै उनी आउट भएका हुन् । १६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले अफस्टम्पमा फ्याकेको बललाई कुशलले कभर बाउन्ड्रीको दिशा देखाउने प्रयास गरेका थिए ।...