समाचार


गण्डकी बहुप्राविधिक शिक्षालयमा निशुल्क कम्प्युटर तालिम

पोखरा । एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क तीन महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि आज शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ । व्यवहारिक शिक्षा र रोजगारमुखि...

पोखरा स्पोर्ट्स अवार्डको तयारी तिव्र

पोखरा । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र बनेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुनेछ । अवार्ड...

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारद्धारा आज तेस्रो दिन पनि प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो ।प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग...

दार्चुलामा हिमपहिरो, यार्सा टिप्न गएकाहरु पुरिएको आशंका

काठमाडौं। दार्चुलाको ब्याँस गाउँपालिका १ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण पुरिएको हुन सक्ने आशंका गरिएको छ । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेको...

फिर्केखोला अतिक्रण छानबिनका लागि अख्तियारमा निवेदन

पोखरा । फिर्केखोला अतिक्रमणको छानबिन गर्न वातावरण संरक्षणका लागि महाअभियान  र नागरिक समाज कास्कीले माग गरेको छ । दुई संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयलाई खोला अतिक्रमण छानबिनका लागि निवेदन दिएका हुन् । फेवाताल जलाधारको रुपमा रहेको...

नेपालीको प्रतिव्यक्ति आय बढ्यो : वार्षिक १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर...

घरको छतबाट खसेका रवि लामिछानेका चालकको उपचारको क्रममा निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो ।आफन्तले उनको...

विद्युतीय पार्श्वचित्रका लागि तथ्याङ्क सङ्कलन गर्दै पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिकाले विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । समग्र महानगरपालिकाको वस्तुगत अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था,...

पोखरामा मुवाथाई मार्शल आर्टको समर क्याम्प सुरु

पोखरा । पोखरामा मुवाथाई र्माशल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सांसद बरालले...