पोखरा । प्रेस युनियन कास्किको अध्यक्ष मा बासुदेब मिश्र निर्बिरोध निर्बाचत भएका छन् । यस्तै उपाध्यक्ष खुल्लामा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन वहादुर गुरुङ (सुमन),सहसचिव सपना अधिकारी र कोषाध्यक्ष निराजन अधिकारी चयन भएका छन् ।
जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको...
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको नेपाल प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष निकालेको छ । १ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको...
बारा। बारामा विद्यार्थीले गाउँपालिका कार्यालय तोडफोड र आगजनी गरेका छन् । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्। हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक...
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यान्वयन गराउन सरकारसँग माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू...
काठमाडौँ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान...
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ । प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी...
पोखरा । परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुटटा–छुट्टै प्रतियोगिता आयोजना हुने भएका हुन् । प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका...
जनकपुरधाम । सप्तरीमा एक जना युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।प्रहरी...