समाचार


कोशीका उद्योग वाणिज्य संघका सचिवालयको टोली पोउवा संघमा

पोखरा  । कोशी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघको सचिवालयमा कार्यरत प्रमुख÷ प्रतिनिधिहले पोखरा उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य वीरेन्द्रकुमार साहको नेतृत्वमा अध्ययन–अवलोकन भ्रमणमा...

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण

पोखरा  । आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा...

पोखरा महानगर १९ राम्चे–मैदान ग्रामिण सडकको निर्माणकार्य तिव्र

पोखरा । वर्खायाम नजिकिदै आउँदा पोखरा महानगर पालिका वडा नं. १९ मा स–साना योजनाका निर्माणले गति लिएका छन । वडा तथा महानगर स्तरिय टुक्रे योजना असार मसान्त अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिले कामलाई तिव्रता दिएका हुन् । वर्षायाममा काम गर्न...

तीन महिने निःशुल्क कटाई सिलाई तालिम शुरु

पोखरा । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना र पोखरा महानगरपालिका वडा नं १३ को समन्वयमा निःशुल्क कटाई सिलाई तालिम शुरु भएको छ । पोखरा १३ मा शुरु भएको तीन महिने ( ३ सय ९० कार्यघण्टा) एड्भान्स तालिममा २० जना महिलाको सहभागिता रहेको छ । महिलाहरुलाई...

जिप दुर्घटनामा दुइजनाको ज्यान गुम्यो, १० जना घाइते

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । पोखरा २३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता सूर्यबहादुर थापामगरले जानकारी दिए । उनीहरुको...

कास्कीको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  ९ जना पुरुष र तीन जना महिला घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ । पोखराबाट भदौरे तर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप दिउँसो ३:३० बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले...

आलु महोत्सवको तयारी अन्तिम चरणमा

  पोखरा। यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  आयोजक विष्णुपादुका क्लवले  शनिवार आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । क्लव...

माछापुच्छ्रे परोपकार संस्था द्धारा सहयोग तथा सम्मान

पोखरा । माछापुच्छ्रेपरोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ । संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा...