समाचार


लिचीको दाना घाँटीमा अड्किदाँ बालकको ज्यान गयो

सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर ज्यान गएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल...

साताको अन्तिम दिन आज पाउण्ड र युरो बढ्यो , डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्ड र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर...

काठमाडौंको नयाँ बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको...

ग्रिसमा डुंगा दुर्घटना : ७८ जनाको ज्यान गयो

काठमाडौं । ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको छ । प्रवासीहरु सवार डुंगामा ७५० जनाहरुमध्ये ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । डुंगामा सवार थुप्रै बेपत्ता रहेका छन । जसमध्ये झण्डै १०० बालबालिकाको अवस्था अज्ञात रहेको...

शरणार्थी प्रकरण : सरकारी वकिलले जवाफी बहस आज

काठमाडौँ। नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका...

आजदेखि तीन महिना सडक खन्न नपाइने, खनेको पाइए कडा कारबाही

आजदेखि अबको तीन महिना सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने...

विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ पक्राउ

काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ...

किसानलाई उत्पादनका आधारमा अनुदान दिने तयारीमा छौं : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन्। बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरूले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण...

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

काठमाडौँ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आज(बिहीबार)देखि सुरु भएको शैक्षिक मेला प्रक्रिया पुरा नगरेको भन्दै रोकेको छ । प्रक्रिया पुरा नगरेकोले रोकिएको र आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले...