समाचार


बाढी पहिरो अपडेट : थप एकको शव भेटियो

फुङ्लिङ । पूर्वी नेपालमा गएको बाढी पहिरोमा परि थप एकको ज्यान गएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव भेटिएसँगै मृतकको संख्या थपिएको हो । पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको...

पहिरोमा पुरिएकी बालिकाको ६ घन्टापछि जिवितै उद्धार

झापा । पाँचथरको फालेलुङ गाउँपालिका ३ मा पहिरोले पुरेर बेपत्ता भएकी एक बालिकालाई जिवितै उद्धार गरिएको छ । ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट...

मूल्य नपाएको भन्दै किसानले सडकमा फाले गोलभेँडा

मूल्य नपाएको भन्दै काठमाडौं स्थित कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्। आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्। काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा...

दिल्लीमा गोली हानेर दुई महिलाको हत्या

भारतको राजधानी नयाँदिल्लीमा आज(आइतबार) बिहान गोली हानेर दुई जना महिलाको हत्या भएको छ ।द इन्डियन एक्प्रेसका अनुसार दक्षिण–पश्चिम दिल्लीको आरके पुरम क्षेत्रमा बिहान सवा चार बजेतिर यो गोलीकाण्ड भएको हो। मारिनेहरूमा ३० वर्षकी पिंकी र २९ वर्षकी ज्योति रहेको...

साताको पहिलो दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा छ । शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १३१...

आज गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज कोशी,मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद रोजन लामिछानेका...

बाढी–पहिरोको वितण्डा : हालसम्म २५ जना बेपत्ता, एकको ज्यान गयो

काठमाडौँ । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परि एक जानको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । बाढीमा परी सुपर हेवाखोला...

सृजनामा प्रदेश स्तरीय टेबलटेनिस प्रतियोगिता सुरु, ५ जिल्लाका ९३ जना प्रतिस्पर्धी

पोखरा । सृजना लिडर्स क्लवको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एसइइ) स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लव सृजना मावि सृजनाचोक पोखरामा अध्ययन गर्ने विद्यार्थीहरुको संस्था हो । विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा...

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।   उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। कार्की नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट...