समाचार


विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

तनहुँ । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा...

दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो...

फेन्सिङ खेलाडीलाई वोर्ड सदस्य गुरुङको शुभकामना

पोखरा । राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाइ गरेका छन् । उनले खेलाडिहरुलाई स्वर्ण पदक ल्याउन...

वर्षभरिको सिकाई ‘फूड फेस्टिबल’ मार्फत प्रस्तुत

पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई बाहिर ल्याउने गरि गैहपाटनस्थित पश्चिमाञ्चल माविले शनिबार एकदिने फूड फेस्टिबल आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्यापन हुने होटल व्यवस्थापन विषयका विद्यार्थीको संयोजनमा विद्यालयले फूड फेस्टिबल आयोजना...

भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको दोश्रो संस्करण

पोखरा  । पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म...

प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट : कास्की र तनहुँको लगातार जित

पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध...

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

पोखरा । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा...

रक्तदानमा ३८ युनिट रगत संकलन

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा लेक भ्यालीद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । रक्तदानको शुुभारम्भ गर्र्दै पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर...

दुर्घटना अपडेट : कार चालक पोखरा –५ का समीर ओझाको ज्यान गयो

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको ज्यान गएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज...