समाचार


मणिपालका डक्टरमाथि कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले...

एसियाड खेल्न आज चीन उड्दै किक्रेटर सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीनतर्फ प्रस्थान गर्ने भएका छन् । उनको साढे १२ बजेको फ्लाइट छ । तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो । उनले आफू मानसिक रूपमा...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ । आज पाउण्ड...

पोखरामा बजार अनुगमन तीव्र : म्याद गुज्रेको सामान बेच्ने शेरचन स्टोर्स र गौरव ट्रेडर्सलाई १ लाखसम्म जरिवाना

पोखरा । चाडबाड नजिकिएसगैँ पोखरामा बजार अनुगमन तीव्र पार्न थालिएको छ । यसैबीच पोखरामा बजार अनुगमनका क्रममा रत्नचोकस्थित मीनबहादुर शेरचन स्टोर्सले म्याद गुज्रेको सामान बेच्ने गरेको पाइएको छ । म्याद सकिएको सामान विक्री गर्ने गरेको पाइएपछि उक्त स्टोर्सलाई...

चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

काठमाडौँ । नेपालीको महान चाड दशैं तिहार नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरुलाई चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले...

बाराही टाउनको स्थापना दिवस : २१ विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनले २१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । क्लबले आफ्नो स्थापनाको चौथो बर्ष पुरा गरि पाँचौं बर्षमा प्रवेश गरेको अवसरमा पोखरा २३ ठुलाखेत स्थित श्री शिद्ध बराह आधारभुत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई...

दशैंका लागि नयाँ नोट वितरणको तयारी : एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि नयाँ नोट वितरणको तयारी गरेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने गृहकार्य गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको...

तनहुँमा यस वर्ष डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गयो

दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११...

उपचारको क्रममा एक महिलाको ज्यान गुमेपछि मणिपालमा तनाव

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा एक महिलाको ज्यान गुमेपछि तनाव उत्पन्न भएको छ । लमजुङ शुन्दर बजारकी ५७ बर्षीया सुकमाया दुराको उपचारकै क्रममा सोमबार ज्यान गुमाएपछि उनका आफन्तले अस्पतालका डाक्टरलाई हातपात गरेपछि तनाव उत्पन्न भएको...