समाचार


आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा छ ।आज पाउण्ड एकको...

नेपालगन्जमा लागेको कर्फ्यु १२ घण्टाका लागि हटाइयो, सभा-जुलुस गर्न प्रतिबन्ध

रुपन्देही । बाँकेको नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लागि हटाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिन्दु मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण १६ गतेदेखि जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको थियो...

प्रधानमन्त्रीद्धारा भूकम्पको क्षतिबारे कार्ययोजना बनाउन बैठक आह्वान

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएका हुन्...

काठमाडौँबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौं । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय...

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०र८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैं परेकाले कात्तिकको...

दुर्गम र हिमाली जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौँ । संसदीय समितिले दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा...

यू–१९ एसीसी प्रिमियर कपका लागि टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू- १९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ । क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो ।क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले समुह...

भोलि (बिहीबार) बिहानदेखि मौसममा सुधार हुने

काठमाडौं । भोलि (बिहीबार)देखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ र सुधारको यो क्रम पूर्वतिर सरिरहेको...

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आज(बुधबार) हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल प्रशासनको अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो...