समाचार


१२ कक्षा उत्तीर्ण विद्यार्थी सीपमा पोख्त बनाउन नीति बनाऔँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी...

महानगर स्तरीय अन्तर क्लव टी–२० प्रतियोगिता क्रिकेट भोलिदेखि

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो...

बझाङमा हालसम्म ३०० बढी पराकम्प

काठमाडौं । बझाङमा गत मंगलबारको भूकम्पपछि पराकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९...

आज विश्व मुस्कान दिवस

काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन रु” विश्व मुस्कान...

नेपालगन्जमा निषेधाज्ञा जारी

बाँके । सामाजिक सञ्जालमा लेखिएको विषयमा विवाद उत्पन्न भएपछि नेपालगन्जमा जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि...

महाराजगन्जमा गोली लागेर घाइते भएकी असई पत्नी शर्मिलाको ज्यान गयो

काठमाडौँ । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा ज्यान गएको छ । उनी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी हुन् । १० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते...

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगर

पोखरा । लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण भएका छन् । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज...

भारती शेर्पाको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको बिहीबार भएको हो । अदालत...

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे...