समाचार


आज भाइटीका : १०ः५१ बजे शुभ साइत, दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्ने

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा...

आज नेपाल संवतको नयाँ वर्ष, म्हः पूजा पनि आजै

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका...

भाइटीकाको दिन मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ । आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । मंगलबार...

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको स्वकीय...

तिहारको चौँथो दिन : आज गोवर्द्धन पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर...

चार वर्ष पछि खुल्यो कोरला नाका

पोखरा । चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आजदेखि(सोमबारदेखी) खुलेको छ । कोरला नाका २०७६ चैतदेखि बन्द रहेको थियो। नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकहरू हर्षित भएका छन् । उनीहरू सोमबार नै सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएका...

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक वृद्धाको ज्यान गयो

काठमाडौं । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका...

लक्ष्मीपूजाको दिन आगलागी : मोरङमा ४ प्रहरीसहित २८ जना घाइते

काठमाडौं । लक्ष्मी पूजाका दिन मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना...

पोखरामा भिन्तुना र्‍यालीसहित नेपाल संवत्को स्वागत गरिँदै

पोखरा। नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् ९नयाँ वर्ष० ११४४ लाई भिन्तुना र्‍यालीसहित भव्य स्वागतको तयारी गरिएको छ । नेवा खल ः कास्कीले मौलिक तथा राष्ट्रिय...