समाचार


धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै ज्यान गयो

जकपुरधाम । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला...

कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै भीमदत्त नगरपालिकामा ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी...

पक्राउ परेका नासुलाई छुटाइदिने भन्दै पैसा लिएको आरोपमा पत्रकार पक्राउ

काठमाडौँ । भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् । सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब...

पूर्वाधार कार्यालय लमजुङका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्

लमजुङ । बेँसीसहर नगरपालिका–८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दसैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर अन्यत्र गएसँगै हालसम्म लेखा अधिकृत...

जन्ती बोकेको जिप दुर्घटना, एकको ज्यान गयो

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका ३ का...

पूर्वमिस नेपाल शृंखलाले प्रेमी सम्भवसँग गरिन् बिहे

पूर्वमिस नेपाल शृंखला खतिवडाले विवाह गरेकी छिन् । श्रृंखलाले सञ्चार उद्यमी तथा प्रेमी सम्भव सिरोहियासँग बिहे गरेकी हुन्। काठमाडौँको होटल हायातमा अहिले उनीहरुको बिहेको समारोह चलिरहेको छ। शृंखला र सम्भवको बिहेमा दुबैतिरका नजिकका परिवार र आफन्तलाई मात्रै...

१४ किलो सुन प्रकरण : विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं । १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले...

पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि आज सुनुवाइ

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ ।यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो...

आज राति वर्षकै ‘उत्कृष्ट’उल्का वर्षा देख्न सकिने

काठमाडौं । बिहीबार राति यस वर्षकै उत्कृष्ट उल्कावर्षा देखिन सक्ने सम्भावना रहेको खगोलविद्हरूले जनाएका छन् । यो वर्ष मंसिर १८ देखि सुरु मिथुन उल्कावर्षा पुस १ गते सम्म सक्रिय रहनेछ । तर उल्कावर्षाको अत्यधिक सक्रियता भने आज राति रहने नेपाल एस्ट्रोनोमिकल...