शिक्षा


गण्डकीमा ३ सय १ परीक्षार्थी अनुपस्थित

उमा वि क, पोखरा  । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गण्डकी प्रदेशबाट फाराम भरेका मध्ये ३ सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् । गण्डकीमा ४१ हजार २ सय ३६ विद्यार्थीले एसईईको फाराम भरेको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले जानकारी...

आजदेखि एसइई सुरु, ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी

पोखरा । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । आज पहिलो...

त्रिविबाट हरायो उत्तरपुस्तिका : पुनः परीक्षा गराउने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम स्थगित गरेकी हुन्। आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट...

यसपाली जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै

काठमाडौँ । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक...

निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी...

प्रतिनिधिसभाको शिक्षा समिति सभापतिमा नेकपा एसका थापा निर्विरोध

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी...

शिक्षा समिति सभापतिको निर्वाचन चैत ७ मा

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको छ । यसअघि समितिको सभापति रहेका भानुभक्त जोशी २३ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएका थिए । त्यसपछि रिक्त रहेको समिति सभापतिका...

एसईईको तयारी अन्तिम चरणमा, यसपाली ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुदैँ

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा...