स्वास्थ्य-जीवनशैली


झापामा पूजाको प्रसाद खाँदा ५० जना भन्दा बढी बिरामी

विराटनगर । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ । अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसादी...

किशोर/किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेयर आचार्यको निर्देशन

पोखरा । निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा...

साउन यता जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको ज्यान गुम्यो

काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको...

युट्युब हेर्दै अप्रेसन गर्दा बिरामीको ज्यान गयो, डक्टर फरार

एजेन्सी । भारतको बिहारमा युट्युब हेर्दै पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान गएको छ । बिरामीको ज्यान गएपछि शल्यक्रियामा संलग्न डाक्टर फरार भएका छन् । सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले...

श्रीकृष्ण मन्दिर रामबजारमा निःशुल्क दन्त शिविर सम्पन्न

पोखरा । पोखरा १० मा रहेको श्रीकृष्ण मन्दिरमा आयोजित निःशुल्क दन्त शिविरमा ७५ जनाले लाभ लिएका छन । श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समुहको आयोजनामा सञ्चालित उक्त शिविरमा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग रहेको समितिका अध्यक्ष विश्व...

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग...

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक...

गण्डकी मेडिकल कलेज रिठ्ठेपानीमा स्थानान्तरण गरिने

पोखरा । गण्डकी मेडिकल कलेजलाई स्थानान्तरण गरिने भएको छ । पोखरा नयाँबजारमा रहेको सो कलेजलाई पोखरा २७, रिठ्ठेपानीमा नयाँ भवन बनाएर स्थानान्तरण गरिने भएको हो । रिठ्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएकोमा दुवै भवनको बुधबार गण्डकी...

मानसिक रोग अस्पताल सञ्चालन गरौँ : जिसस कास्की प्रमुख पौडेल

पोखरा । कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको...