प्रमुख समाचार


मतदाता नामावली प्रकाशनको तयारी, कति पुगे मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम आजबाट स्थगित गरको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको रोकेको हो। निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि...

पोखरा उद्योग वाणिज्य संघ स्थापनाको ६८ औं वर्षमा प्रवेश

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आजबाट ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष थिए । व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक...

३० बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो । हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ

गण्डकी अस्पतालमा उपचाररत ३ सहित ४ संक्रमितको मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा संक्रमणदर घटिरहँदा मृत्युदर भने बढ्न थालेको आजको तथ्यांकले देखाएको छ। पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा कास्कीका २, लमजुङ र स्याङ्जाका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले...

चुनावका लागि आयोगले सरकारसँग माग्यो १२ अर्ब

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ बजेट मागेको छ । निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तुलनामा...

प्रम देउवाले बोलाए मन्त्रिपरिषद् बैठकः निर्वाचनको मिति घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज (सोमबार) दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति...

बाबुराम भट्टराईको चेतावनी :‘एमसीसी गिजोलिदैँछ, अति गरे खति हुन सक्छ’!

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी समयमै पारित नभए गम्भीर परिणाम आउन सक्ने भन्दै चेतावनी दिएका छन् । भट्टराईले ट्विट गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘एमसीसी जुन ढंगले गिजोलिदैँछ, त्यसको परिणाम...

थप १ हजार ३ सय ८६ जनामा संक्रमण, १४ जनाको निधन

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६६ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ हजार ७ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ९ हजार...

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास...