प्रमुख समाचार


पोखरामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा : यी नेताले सम्बोधन गर्ने

पोखरा । पाँच दलीय गठबन्धनले आज पोखरामा बृहत चुनावी आमसभा गर्दैछ । आमसभा पोखराको अमरसिंहचौरमा हुने गठबन्धनले जनाएको छ । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर...

अनुगमन टोली परिचालन :आचारसंहिता गम्भीर उल्लङ्‍घन गरे तत्काल उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता...

पोखरा आउँदै प्रचण्ड, गठबन्धनका उम्मेदवारलाई मत माग्ने

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आउँदै छन् । गठबन्धनले देशव्यापी गरिरहेको चुनावी सभाको क्रममा प्रचण्ड आज पोखरा आउन लागेका हुन् । प्रचण्डले आज पोखरामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन...

संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली काँंग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा...

जनकपुर पुगेर प्रचण्डले भने : नागरिकताको समस्या समाधान हुन्छ

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालले संसद् चले नदिएका कारण नागरिकताको...

आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइः दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत...

प्रचण्डले अन्तिममा चिसै पानीले नुहाउने ओलीको ठोकुवा

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताएका छन् । इटहरीमा आज आयोजित चुनावी सभामा...

बुटवलवासीलाई देउवाको प्रश्न : ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको...

जनताको अदालतमा असफल भएका पार्टीलाई भोट दिएर देश बर्वाद नगरौँ : राजेन्द्र लिङ्देल

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला भनिएका पार्टीलाई मतदान नगर्न मतदातालाई आग्रह गरेका छन् । जुन पार्टीहरु पटकपटक जनताको अदालतमा असफल भए तिनैलाई भोट दिएर देश बर्वाद गर्ने र भावी सन्ततीको भविश्य बर्वाद गर्ने काममा सहभागी...