प्रमुख समाचार


गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । मुख्यमन्त्री पाण्डेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् । उनलाई नेपाली कांग्रेससहित...

प्रचण्ड र ओलीबीच भेट : टोपबहादुरबारे ओलीले भने, ‘बाटोबाटै समाउनुपर्ने मान्छे होइन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच...

टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै 

पोखरा । गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  आज विश्वासको मत लिँदैछन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजका लागि अधिवेशन आहन गरेका हुन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादी समेत ३५ सांसदको समर्थनमा पाण्डे १४ वैशाखमा...

व्यवसायीलाई घरभाडामा छुट दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह

  पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार...

राष्ट्रपति पौडेलद्धारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद...

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

काठमाडौं । सरकारले कार्यविधिमा भएको भन्दा १ लाख रुपैयाँ बढाएर क्रिकेट खेलाडीलाई पुरस्कार दिने भएको छ ।एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई...

अब अनलाइनबाटै एनओसी प्रिन्ट गर्न मिल्ने

काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने...

माधव नेपालको चेतावनी : ‘माओवादीको दम्भ र घमन्डले गठबन्धन धरापमा पर्नसक्छ’

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन धरापमा पर्न सक्ने बताएका छन् । नेपालले माओवादीको दम्भ र घमन्डले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गर्दै गठबन्धन धरापमा पर्न सक्ने संकेत गरेका हुन् । सुर्खेतको...