प्रमुख समाचार


कांग्रेसले मलाई झुक्यायो : गोविन्दराज जोशी

काठमाडौँ । नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी कांग्रेसले आफुहरुलाई झुक्याएको आरोप लगाएका छन् । जोशीले प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसले आफूलाई झुक्याउने काम गरेको बताएका हुन् । उनले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको...

कार भिरबाट खस्दा चार भारतीय नागरिकको ज्यान गयो

सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीय नागरिकको ज्यान गएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराती कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला...

तीन महिनापछि नेपालमा फेरि कोरोनाबाट एकको ज्यान गयो

पोखरा । नेपालमा तीन महिनापछि फेरि कोरोनाबाट एक संक्रमितको ज्यान गएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक संक्रमितले ज्यान गुमाएका थिए...

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई...

अर्थतन्त्र सुधारका लागि सरकारले दीर्घकालीन नीति बनाउँदैछ : डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको समग्र अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको उनको भनाइ थियो ।नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई...

माओवादी संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको...

अदालतको आदेशपछि पीएनमा अब वैशाख ३ मा स्ववियु चुनाव हुने

पोखरा । चैत्र ५ गते हुन नसकेको स्ववियु चुनाव पृथ्वीनारायण क्याम्पसमा अब हुने भएको छ। आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ ।अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको निर्वाचन अधिकृत प्रा.डा. विकास केसीले जानकारी...

बालुवाटारमा जम्मा भए ३ दलका शीर्ष नेता

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलको बैठक सुरु भएको छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी...

गुन्डा नाइके चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को बडीगार्ड पक्राउ परेका छन् । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट...