प्रमुख समाचार


सन्ध्या आरतीमा वैदाम प्रहरी प्रमुख निरौलालाई स्वागत 

पोखरा । फेवाताल किनारास्थित बाराहीघाटमा आयोजित सन्ध्या आरतीमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपी) सन्तोष निरौला लाई स्वागत गरिएको छ ।यस क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारीका साथ पन्ध्रदिन अघिमात्र सरुवा भई  आउनु भएका निरौलालाई...

रुस-युक्रेन युद्धमा मारिएका ५ जनाको अस्तु नेपाल ल्याइयो

काठमाडौं । रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तु नेपाल ल्याइएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले कतार एयरलाइन्समार्फत दोहा हुँदै नेपाल पठाइएको अस्तु बिहीबार परिवारजनलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

इलाइट भलिवल एकेडेमी पोखरा नदीपुरमा भलिबल प्रतियोगिता हुँदै

पोखरा । पोखरा ३ नदीपुरमा हालै सञ्चालनमा आएको इलाइट भलिवल एकेडेमीमा क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फोर ब्रदर्श पोखरा र लभर्स ट्री रेष्टुरेण्ट पोखराको संयुक्त आयोजनामा आगामी भदौको ४ र ५ गते भलिवल प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगिता...

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको पोष्टमार्टम थालियो

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा...

हवाई सुरक्षा कमजोर भएको निष्कर्ष

काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई सुरक्षा कमजोर भएको निष्कर्ष निकालेको छ । पछिल्लो समयमा निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटना पिच्छे छानबिन समितिहरू बन्ने गरेका भएपनि समग्र हवाई सुरक्षाको...

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वर्ल्डले जनाएको छ। शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम...

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव आज पोस्टमार्टम गरिंदै

काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ...

बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बागलुङ । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा छ । आज पाउण्ड एकको खरिददर...