प्रमुख समाचार


काममा ढिलासुस्ती नगर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहत कार्यालय प्रमुख र आयोजना...

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी...

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

काठमाडौँ । दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ । प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो । यसैगरी...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा रहेको...

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

काठमाडौं । भुटानमा भइरहेको साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग...

धनुषा प्रहरीको हिरासतबाट ८ थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट आइतबार राति भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। फरार हुने...

बुर्तिबाङबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

पोखरा  । प्रसूति व्यथा च्यापेर सिकिस्त एक जना गर्भवतीको बाग्लुङबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० वर्षीया सुनिला श्रीपालीको आइतबार बिहान बुर्तिबाङबाट हवाई उद्धार गरिएको हो । व्यथा च्यापेपछि उनी...

समाजवादी मोर्चाले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण...

जनमोर्चाले राजधानी केन्द्रित आन्दोलन गर्ने

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ। असोज ४ र ५ गते जनमोर्चाको परिषद्को ऐतिहासिक दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले १७ बुँदे आन्दोलनको कार्यक्रम...