प्रमुख समाचार


हेम्जाका डिभाइडरमा कर्वि फुलका विरुवा रोपियो

पोखरा । पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन्...

आजदेखि यस वर्षको मनसुन प्रणाली नेपाल भित्रियो

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू-भागमा केही...

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो । कार्यालयका...

रुकुमको मुसिकोटमा बोलेरो दुई सय मिटर तल खस्दाँ तीन जनाको ज्यान गयो

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना भएको छ । बोलेरो दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१...

नेपाली सेनामा भर्ती गराइदिने आश्वसन दिदै ठगी गर्ने पोखरा प्रस्याङका थापा पक्राउ

पोखरा । नेपाली सेनामा सजिलै भर्ती गराइदिन्छु भनी पैसा लिएको आरोपमा पोखरा प्रस्याङ का २७ वर्षिय धर्मराज थापालाई कास्की प्रहरीले पक्राउ गरेको छ । थापाले बाग्लुुङ घर भएका १९ वर्षिय एक युवकलाई नेपाली सेनाको माथिल्लो तहका हाकिम चिनेको छु नेपाली सेनामा...

पानसको सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

पोखरा । पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । सहकारीको गतिविधि र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष महेश्वर रिमालले बताए । सहकारीका...

कास्की बचतको बजेट निर्माण तालिम

पोखरा । कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । तालिममा कास्की वचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको...

न्यू ग्यालेक्सीमा एसइइ विद्यार्थी लक्षित कार्यक्रम

पोखरा । न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूल एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, वास्केटवल अनलाईन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो । फुटसल तर्फ...

ठगी मुद्धामा फरार गुबाजु पक्राउ

पोखरा । ठगी सम्बन्धी मुद्धामा फरार पोखरा २ मोहोरियाटोलका कमलमान गुबाजुुलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पोखराले ९ महिना कैद सजाय र १५ लाख जरिवाना फैसला भइ ७ महिना २९ दिन कैद सजाय र १४ लाख १५  हजार जरिवाना भुक्तान गर्न बाँकी रही हाल फरार...