प्रमुख समाचार


काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने निर्माण व्यवसायीको चेतावनी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको छ । सिमेन्ट,डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न पुन सरकारलाई ध्यानाकर्षण...

अपराध गर्ने जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने...

विकास निर्माणका अधुरा कामलाई गति दिन्छौं : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि,...

कांग्रेस कार्य सम्पादन समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको छ । बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने छ । यसका साथै स्थानीय तह उपनिर्वाचन समीक्षा,...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७१ पैसा थियो । आज...

गढिमाई मेलास्थलबाट पेस्तोलसहित युवक पक्राउ

सर्लाही । प्रहरीले गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । गढिमाई...

मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) कास्कीले...

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको...

पूर्वमन्त्री लिल्लाबल्लभविरुद्धको रिट दरपिठ गर्ने निर्णय सर्वोच्चद्धारा सदर

काठमाडौँ । सर्वोच्च अदालतले मानव तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयवाट उन्मुक्ति पाएका कोशी प्रदेशका पूर्वकानुन मन्त्री लिलाबल्लभ अधिकारी विरुद्धको रिट दरपीठ गर्ने निर्णय सदर गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि प्रशासनबाट दरपिठ गर्ने...