प्रमुख समाचार


वीरगन्जमा उत्पन्न विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता

वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि डाकिएको सर्वदलीय बैठकले ३ बुँदे प्रतिबद्धता जनाएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको...

यस्तो छ आज विदेशी मुद्राको विनियम दर

पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ...

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

पोखरा । नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलरर बहराइन दिनारको मूल्य उल्लेख्यरुपमा घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो । आज युरोपियन युरोको मूल्य पनि उल्लेख्य...

तेक्वान्दोमा सर्वोच्च ९ डान प्राप्त गर्ने ग्राण्डमास्टर गुरुङलाई सम्मान

पोखरा । तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उनलाई खादा, दोसल्ला र ताम्रापत्रसहित सम्मान गरेको हो । प्रमुख...

फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा

  पोखरा । होटल संघ पोखरा नेपालले यही ३० चैतदेखि आगामी १ वैशाखसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।...

एमालेले भन्यो– दुर्गा प्रसाईं पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् । कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धांरण गरेको...

राष्ट्रिय हेमजा आलु महोत्सवमा रमाउँदै आलु किन्नेको भीड

पोखरा । पोखराको हेमजामा जारी १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा विभिन्न कलाकारहरुका प्रस्तुतीमा रमाउँने र आलु किन्नेहरुको सख्या दिनप्रतिदिन बढिरहेको छ । बिहीबारसम्म करिव ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको...