प्रमुख समाचार


ढाकामा सैनिक विमान दुर्घटना : २५ बालबालिकासहित २७ को ज्यान गयो

ढाका । राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ। ज्यान गुमाउनेहरूमा...

देशको राजनीति बीपीले अपनाएको नीतिको जगमा उभिएको छ : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् । आज ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको सङ्घर्ष र मूल्य मान्यताले...

देशको व्यापार घाटाले १५ खर्ब नाघ्यो

काठमाडौै । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १७ खर्ब ४५...

अमेरिकीसहित आज धेरैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अधिकांश विदेशी मुद्राको भाउ घट्दा बहराइन दिनारको भाउ भने थोरै बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण...

नेता कृष्ण केसी लगायतका नेताहरुमाथिको कारबाही बिनासर्त फुकुवा गर्न कांग्रेस प्रदेश समितिको माग

पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायत नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरेका छन् । कांग्रेस अनुशासन आयोगले गरेको कारबाही विरुद्ध कांग्रेसका उच्च नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले...

शशांक बुबा बीपीको स्मृति दिवस मनाउन सुन्दरीजल जाने

काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आफ्ना बुबा कांग्रेसका संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाउन सुन्दरीजल जाने भएका छन् । सुन्दरीजलमा रहेको बीपी सङ्ग्रहालयमा पुगेर स्मृति...

१२ लाख नगद चोरी आरोपमा कास्की माछापुच्छ्रेका ओमबहादुर भुजेल पक्राउ

पोखरा । पोखरामा नगद चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । १२ लाख बढी नगद चोरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का २३ वर्षीय ओमबहादुर भुजेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भुजेलले १२ लाख ३० हजार...

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध...

धनगढीमा भीषण आगलागी: आठ वटा सटर जलेर नष्ट

धनगढी । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ। विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार हेलेन ट्रेड...