प्रमुख समाचार


माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक अनिश्चितकालका लागि स्थगित भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका...

पोखरा-४ मा वडास्तरीय तीजगीत प्रतियोगिता सुरु, १२ टिम सहभागी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गरेकी हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले वडा नम्बर ४ ले मौलिक संस्कृतिको संरक्षणका...

सुनको भाउ तोलामा १६ सय घट्यो

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार १ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १...

सबैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ...

सातै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेशले गर्‍यो अपाङ्गता सम्बन्धि विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली...

उपसभामुख हटाउन हस्ताक्षर संकलन भएपछि विपक्षी दलहरू छलफलमा

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरुप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट...

चितवनमा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको ज्यान गयो

चितवन । चितवनमा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको ज्यान गएको छ । चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट ज्यान गएको हो। साउन २३ गतेदेखि भदौ ३ गतेसम्मको नमुना परीक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको थियो। तीमध्ये...

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् । केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको...

उपसभामुख हटाउन साथ दिदैनौं : नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगर हटाउन साथ नदिने बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर अभियान चलाइरहेका बेला एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले आफूहरू उपसभामुख हटाउने कांग्रेस एमालेको...