आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५८ रहेको छ ।आज युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै पाउण्ड एकको...

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि...

आज खप्तड जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन् । सो सम्मेलनमा विश्व प्रसिद्ध...

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

पोखरा । पोखरा महानरपालिका-४ मा रहेको सहरी स्वास्थ्य केन्द्रले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर केन्द्रले स्वयं सेविका सम्मान र विदाई गरेको हो । नगर स्वास्थ्य केन्द्र गणेश टोलमा आयोजित कार्यक्रममा...

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि प्रश्न गर्नेलाई जवाफ दिएका छन् । भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमा संसदमा प्रश्न उठेपछि प्रचण्डले आफू आस्तिक या नास्तिकभन्दा पनि धर्मनिरपेक्षतावादी...

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

काठमाडौं। शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको...

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान ठुलो संकटमा परेको जिकिर गरेका छन् । आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिदैं दाहालले प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन् । साथै...

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेको प्रस्ट पारेका छन् । भारत भ्रमणबाट फर्किएपछि संसद्लाई त्यसको जानकारी दिने क्रममा प्रधानमन्त्री दाहालले उक्त भूमि...

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा ल्याएको विधेयकभन्दा हाल प्रमाणीकरण विधेयक फरक नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी...