कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने...

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका बेला अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको अहिले अर्थमन्त्री प्रकाशशरण महतले संसदमा जवाफ दिइरहेका छन्। यसअघि विभिन्न दलका सांसदहरूले करका दर हेरफेरबारे के भएको हो...

नवलपरासीमा दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार भेडिहार...

यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

गत वर्ष २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ । उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध...

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटलको साथ

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । स्पोर्टस...

फुलबारीका रिखीराम चाउँथेको नहरमा मृत भेटिए

पोखरा । हिजो(सोमबार) बिहानदेखि परिवारको सम्पर्कमा नरहेका पोखरा फुलबारी ११ का ४२ वर्षीया रिखीराम शर्मा पौडेल हिजो नै मृत भेटिएका छन् । पोखरा महानगरपालिकाको चाउँथे नजिकै नहरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । कास्की प्रहरीका...

आज तराइमा अत्यधिक गर्मी र लू चल्ने : यी प्रदेशमा छ पानी पर्ने सम्भावना

काठमाडौं । आज तराईका पूर्वी भु–भागहरुमा अत्यधिक गर्मी हुने र लू चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार विशेष गरी मध्य तथा पूर्वी तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको छ जसका कारण सो भू–भागहरूमा...

धरौटीमा छुटे बालिकामाथि यौन दुव्यर्वहार गर्ने कृषि विज्ञ मदन राई

खोटाङ । बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् । आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् । जिल्ला...

व्यवसाय र पर्यटन प्रर्वद्धन गर्न एगाको प्रर्वद्धनात्मक भ्रमण

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेट एसोसिएसन (एगा) पोखराको टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म व्यवसाय एवम् पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रर्वद्धनमा एगाका सदस्य एवम्...