ओलीले भने,‘हामी सरकार गठनको फोहोरी खेलमा लाग्दैनौं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने जिकिर गरेका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरे । अहिले...

निकुञ्जमा वन्यजन्तुको सिकार गर्ने पाँचजना हातहतियारसहित पक्राउ

बारा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी...

कैलालीमा गोली चल्यो, एक जना घाइते

धनगढी । कैलालीमा गोली चलेको छ। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज बिहान दुई राउण्ड गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन्। गोली लागेर शिवरामनगर टोलका...

विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

पोखरा । फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियालीमा अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो...

संसदीय दलको निर्वाचनमा संस्थापन इतर समुहबाट गगन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा गगन थापा उम्मेदवार बन्ने भएका छन् । उनी संस्थापन इतर समुहबाट संसदीय दलको उम्मेदवार बन्ने भएका हुन् । शेखर कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको...

शेखर-गगन समूहको छुट्टै बैठक

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा को उम्मेदवार भन्ने विषयमा छलफल गर्न बसेको शेखर—गगन समूहको बैठक सकिएको छ । होटल एम्बासडरमा बसेको बैठकले अहिले नै कुनै निर्णय सार्वजनिक गरेको छैन । बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह...

पोखरामा बुधबार दोस्रो मेयर कप साइकल दौड

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि...

कांग्रेस संसदीय दलको नेता चयनका लागि मनोनयन आज, शुल्क ५१ हजार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ । दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको...

आज यस्तो छ डलर, युरो र पाउण्डको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०२ पैसा...