काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।ज्यान जानेमा चिसंखुगढी–३ का मीनबहादुर श्रेष्ठसहित अर्का एक जना छन् । दुर्घटनामा परेको ना।१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको ओखलढुङ्गा प्रहरीले जनाएको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् । सुदूरपश्चिम...
धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिए...
काठमाडौँ । आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर आज १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९...
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मतका लागि उनले शुक्रबार साँझ सुदूरपश्चिम प्रदेशका सभामुखलाई...
काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ । आइतबार दिउँसो ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका...
चितवन । एक महिनादेखि दिउँसोमा चार घण्टा अवरुद्ध हुदैं आएको नारायणगढ–मुग्लिन सडक आज (आइतबार)देखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा...
पोखरा । पोखराको फेवातालमा डुङ्गा पल्टिएर घाइते भएकी एक महिलाको निधन भएको छ । पोखरा– १ बगरकी ७० वर्षीया याम माया गिरीको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएको थियो...