भारतबाट पेट्रोलको भाउ घटेर आयो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यअनुसार घटेर आएको हो । नेपाल आयाल निगमका प्रवक्त विनितमणि उपाध्यायले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १.७४ रुपैयाँ...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए...

अर्धशतक लगत्तै आउट भए कुशल भुर्तेल

काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएलगत्तै उनी आउट भएका हुन् । १६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले अफस्टम्पमा फ्याकेको बललाई कुशलले कभर बाउन्ड्रीको दिशा देखाउने प्रयास गरेका थिए ।...

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू

काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दलनिकट किसान संगठनहरूले आजदेखि आन्दोलन सुरु गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनलगायतले...

डढेलोको उच्च जोखिममा तनहुँ

तनहुँ । आगलागीको मौसम सुरु भएसँगै तनहुँ डढेलोको उच्च जोखिममा परेको छ । जोखिममा परेसँगै तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख...

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । भोलि(शुक्रबार) नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको...

नेपालको खराब सुरुवात : गुमायो दोस्रो विकेट

काठमाडौं । यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ । पहिलो ओभरको तेस्रो बलमा नेपालले विकेट गुमाएको हो । ओपनर आसिफ शेख शून्यमा नै आउट भएका छन् ।यूएईका स्पिनर आयन अफजल खानलाई ठूलो सट हान्ने चक्करमा आसिफ विकेट पछाडि क्याच...

रोजेकै मन्त्रालय चाहिने नेकपा एसको दाबी

काठमाडौँ । नेकपा एसले आफुहरुले रोजेकै मन्त्रालय चाहिने भन्दै दाबी गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठनमा नेकपा एसले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले...

यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा...