प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ । दोस्रो पटक विश्वासको मत लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी(कटहरे(हर्मी(साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्...

उप–निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ –१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि...

पास्नीको भोज खाएर फर्किँदै गरेको ट्याक्टर दुर्घटना : २ को ज्यान गयो, २८ घाइते

धनगढी । कैलालीमा पास्नीको भोज खाएर फर्किदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका...

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत पाएका हुन्। संसद्‍मा सहभागी २ सय ६२ सांसद्‍हरु मध्ये प्रधानमन्त्री दाहालको पक्षमा १ सय ७२...

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र...

आलु महोत्सवलाई सघाउने हेम्जाका युवाको प्रतिबद्धता

हेमजा । ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका युवाले सघाउने प्रतिबद्धता गरेका छन् । महोत्सव यही चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हुदैछ । मूल आयोजक समितिले सोमबार राखेको युवाको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै...

तनहुँ १ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम...

प्रचण्डको सरकार बनेपछि भ्रष्टाचार मौलायो : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भ्रष्टाचार मौलाएको टिप्पणी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशमा भ्रष्टाचार अझ मौलाएको बताएका हुन् । विकास निर्माण आयोजनाहरु समेत रोकिएको ओलीले बताए...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडी तोडफोडको प्रयास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो । प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही...