आज नेप्से परिसूचक २७०० माथि

केन्द्रभाग मिडिया

काठमाडौं।

साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो ।

यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ वटा स्क्रिपका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिदबिक्री भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १९९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ४९ वटाको मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन।

  • २५ असार २०८२, बुधबार १६:०६ प्रकाशित