पोखरा ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ११ बजे अद्यावधिक गरेको विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका मुख्य सडकहरू पूर्ण तथा आंशिक रूपमा बन्द भएका छन्।
संखुवासभा भोटखोला गाउँपालिका ४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध रहेको छ ।बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अबरोध भएको र बर्षातको अबधिभर सुचारु हुन नसक्ने प्रहरीले जनाएको छ।
यस्तै प्रहरीको अनुसार विपी राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौं जाने सडक रातिको समयमा ३०(तीस)दिन बन्द हुने, रुकुम पश्चिम आठबिसकोट नगरपालिका ६ रिजिगार खोलामा जाजरकोट-डोल्पा सडक खण्ड अवरुद्ध रहेको छ ।
ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको बाटोमा मिति २०८२।०३।१० गते देखी अर्को सुचना नआएसम्मको लागि बेलुका ७ बजेदेखी बिहान ०६स्०० बजे सम्मको लागी सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाईएको छ ।
जाजरकोट छेडागाड नगरपालिका ३ दखेरी भिर गिट्टिखोला स्थित मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ ।हिजो रसुवा गोसाइकुण्राड गाउपालिका वडा नं।२ स्थित रसुवागढीमा मित्रराष्ट्र चिनको एरियामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई नेपाल र चिन नाका जोड्ने मितेरी पुलमा क्षति हुदाँ आवतजावत बन्द भएको छ।
गण्डकी प्रदेशमा कालिगण्डकी करिडोरको बागलुङ खण्ड एकतर्फी सुचारु छ भने म्याग्दीको दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। लुम्बिनी प्रदेशको गुल्मी र रोल्पामा पनि कालिगण्डकी करिडोर र शहीद राजमार्ग एकतर्फी रूपमा चलिरहेका छन्।
यस्तै नवलपरासी बर्दघाट नगरपालिका ४ दाउन्ने जंगल खुर्सानी खोला स्थित पुर्व पश्चिम राजमार्गमा बर्षातको कारण सडक पूर्णरुपमा बन्द भएको छ ।
यता पाल्पा रिब्दिकोट गाउँपालिका ३ मालमुल स्थित पाल्पा गुल्मी सडक खण्ड बर्षातको कारण पूर्णरुपमा अवरुछ भएको छ ।
र अर्घाखाँची नगरपालिका १२ कोन्द्र स्थित गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्ड पहिरोको कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।















