मोरङमा हवाइ फायर : तीन लागुऔषध कारोबारी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।

उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् ।

भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

  • २२ असार २०८२, आईतवार १५:३० प्रकाशित