पोखरा ।
आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ । हिजोअमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको भाउ बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ९५ र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा छ। हिजो युरो एकको खरिददर १६१ रुपैयाँ २३ र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा थियो । आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५३ र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ९६ र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४५० रुपैयाँ २८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ५० पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७२ पैसा थियो ।















