पाेखरा ।
सञ्चारकर्मीका लागि साइबर सुरक्षा, स्राेत र बाैद्धिक सम्पत्तिको संरक्षण विषयक प्रशिक्षण कार्यक्रम भएकाे छ । युवा पत्रकार सञ्चाल गण्डकीकाे आयाेजनामा शनिवार आयाेजित कार्यक्रमकाे पाेखरा महानगरका प्रवक्ता माेतिलाल तिमिल्सिनाले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले सकारात्मक ढंगले सहि सन्देश दिन कन्जुस्यायी नगर्न पत्रकारलाई आग्रह गरे ।
पाेखरामा धेरै नै विकास निर्माणका काम भएकाे चर्चा गरेका उनले समाचार सम्प्रेषण गर्दा कसैकाे प्रतिष्ठामा आँच आउन दिन नहुनेमा जाेड दिए । उनले प्रशिक्षण निकै महत्त्वपूर्ण भएकाे भन्दै साइबर अपराध र यसबाट जाेगिनुपर्ने बताए ।
पाेखरा महनगरका प्रमुखका प्रमुख स्वकीय सचिव पूर्ण लामाले साइबर सुरक्षा र बाैद्धिक सम्पत्तिकाे संरक्षणकाे विषय निकै महत्त्वपूर्ण रहेकाे धारणा राखे ।
प्रशिक्षणकाे उद्घाटन सत्रमा युवा पत्रकार सञ्जाल गण्डकीका अध्यक्ष भीम थापा र महासचिव सुरेसराज अधिकारी लगायतले बाेलेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नयव निरीक्षक दिवस लामिछाने र अधिवक्ता हिमाालाल पराजुलीले सहजीकरण गर्नेछन् ।
प्रशिक्षणमा ३५ जना युवा पत्रकार सहभागी छन् ।















