सर्पको डसाइबाट महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

नवलपरासी ।

नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ ।स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा ज्यान गएको हो ।

बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।

  • १२ असार २०८२, बिहीबार १५:१४ प्रकाशित