गृहमन्त्रीद्वारा ‘छानबिन उच्चस्तरीय समिति’ बनाएको संसद्लाई जानकारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको प्रतिनिधिसभामा जानकारी गराएको छ ।

गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी सदनमा गराएका हुन् ।

यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको जानकारी दिए ।

समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको जानकारी गृहमन्त्री लेखकले दिए ।

  • १० असार २०८२, मंगलवार १२:१९ प्रकाशित