म्याग्दीलाई अन्याय गरेको भन्दै माओवादी सांसद जुग्जालीले च्याते गण्डकीको बजेट किताब

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादीका सांसदले गण्डकीको बजेट किताब च्यातेका छन् ।

माओवादी सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब रोष्ट्रमै च्यातेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले म्याग्दीलाई अन्याय गरेको भन्दै रोष्ट्रमबाटै बजेट किताब च्यातेका हुन् ।

‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड रु भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।’

जुग्जालीले बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको बताए । ‘

  • ९ असार २०८२, सोमबार १४:०१ प्रकाशित