काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूमा मन्त्रीहरुको जवाफ बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । यस्तोमा रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आएका थिए ।
सोमबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए ।














