नारायणगढ–बुटवल सडक खण्ड पूर्ण अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ ।यसैबिच सोमबार बिहानको वर्षाले गोरखाको गोरखा नगरपालिका– ८ ढुङ्गागाडेस्थित गोरखा आरुघाट– बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएको छ ।

यससँगै सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • ९ असार २०८२, सोमबार १०:४९ प्रकाशित