काठमाडौँ ।
आजको प्रतिनिधिसभा बैठकमा सांसदले प्रधानमन्त्रीको खोजी गरेका छन् ।
विनियोजन विधेयकमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सांसद प्रेम सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा रहेका सांसदहरूको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा संसदमा छलफल हुन लागेकाले प्रधानमन्त्री बैठकमा बस्ने वातावरण बनाउन सभामुखसँग आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज छलफल हुने भएकाले प्रधानमन्त्रीजी बैठकमै बस्ने वातावरण तयार गर्न पनि सभामुखसँग आग्रह गर्दछु’, सुवालको भनाइ छ । उनले भिजिट भिसाको छानबिन गर्न ढिलाइ नगर्न सुवालको सरकारसँग माग छ ।
यस्तै संसदमा आज विनियोजन विधेयकमाथिको छलफलका क्रममा आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले सरकारमाथि तीव्र आलोचना गर्दै सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको आरोप लगाएका छन्।
सांसद साहले राज्यका हरेक निकायमा बेथिति बढ्दो रहेको उल्लेख गर्दै भने, ‘जहाँ सरकार छ, त्यहाँ भ्रष्टाचार छ। सरकार अहिले असुलीमा लागेको छ।’ उनले मुख्यसचिव र सचिवहरूको स्वार्थअनुसार कानुन बनाउने काम भइरहेको दाबीसमेत गरे।
यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको बताए । उनले प्रश्न गरे, ‘प्रधानमन्त्री आफैं अनुपस्थित हुँदा उहाँले बजेटको महत्त्व कति बुझेका छन् रु संसदलाई जवाफ नदिने उहाँ जनउत्तरदायी कसरी हुन सक्नुहुन्छ रु’
सांसद साहले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै भने, ‘उहाँ भन्नुहुन्छ म देशको झोले, तर राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री विदेशीलाई नागरिकता दिने कानुन ल्याउन लागिपर्नुभएको छ ।’
आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले राजस्व उठ्न नसकेको र देश ‘ग्रे लिस्ट’ मा परेकोप्रति चिन्ता व्यक्त गरे। नेपालको पुँजी विदेश लैजान सहयोग गर्ने बजेट आएको भन्दै उनले अर्थमन्त्रीमाथि समेत प्रश्न उठाए । उनले भने, ‘यस्तो अवस्थाबाट देशलाई कसरी आश्वस्त पार्न सकिन्छ रु’
साहले सहरी विकास मन्त्रालयको बजेटमाथि पनि कटाक्ष गर्दै गरे ।














